Comments Add Comment

कांग्रेस नेताहरुले प्रधानमन्त्री ओलीलाई भेट्दै

१ माघ, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना नेताको नाममा स्थापित अस्पताल बन्द नगर्न ध्यानाकर्षण गराउने भएका छन् ।

आफ्ना दुई नेताको नाममा स्थापित अस्पताल विघटन गर्न खोजेकाले प्रधानमन्त्रीलाई भेटेर निर्णय सच्याउन आग्रह गर्न लागिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलको निजी सचिवालयले जनाएको छ ।

वरिष्ठ नेता पौडेलले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई सोमबार नै भेट्न खोजेको, तर समय नपाएको बताएका थिए । नेता पौडेलले आज (मंगलबार) प्रधानमन्त्रीलाई भेटेर निर्णय सच्याउन आग्रह गर्ने र निर्णय नसच्चिए सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सोमबार नै प्रधानमन्त्री ओली कांग्रेस नेताहरुले भेट्न खोजे पनि समय पाएका थिएनन् । आज मंगलबार पनि भेट्ने समय निश्चित भइसकेको छैन ।

प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण कांग्रेस नेताहरुसँग भेट्ने समय तय हुन बाँकी रहेको वालुवाटार स्रोतले बतायो । ‘उहाँहरुसँग नभेट्ने भन्ने होइन । प्रधानमन्त्री व्यस्त हुनुहुन्छ । बेलुकीसम्म भेट्ने सम्भावना हुन सक्छ तर समय तय हुन बाँकी छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो ।

तनहुँको दुलेगौंडास्थित बेलचौतारामा रहेको गिरिजाप्रसाद स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल विघटनको प्रक्रिया सुरु गरेको जानकारीमा आएको भन्दै कांग्रेसले त्यस्तो नगर्न माग गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पताललाई केन्द्र सरकार मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लगेकोमा यी दुईबाहेक अन्य अस्पतालको मात्र निर्णय गरिएको भन्दै कांग्रेसले विरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment