Comments Add Comment

हाम्रो बिहे साधारण तरिकाले हुन्छः बर्षा राउत

नायिका बर्षा राउत र नायक संजोग कोइरालाले फागूण २ गते बिहे गर्ने निर्णय गरेसँगै अहिले उनीहरुलाई बधाइको ओइरो नै लागेको छ । करिब ७ बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् । बिहेको तयारीमा लागेकी नायिका बर्षा राउतसँग अनलाइनखबरले छोटो कुराकानी गरेको छः

१. तपाइहरु प्रेममा रहेको ७ बर्ष भयो । अहिले आएर यहि बर्ष नै बिहे गर्नुपर्छ भन्ने किन लाग्यो ?
हो, हामी लामो समयदेखि प्रेममा छौ । यो बर्षको साउनमा हेराउदा यहि बर्षको फागूण २ गतेलाई साइत निस्किएको हो । तर, हामीले अंग्रेजी डेट हेरेका थिएनौ । पछि, प्रेम दिवस पनि रहेछ भन्ने थाहा पायौ । ज्योतिषलाई साइत हेराउँदा यहि बर्ष उत्तम देखिएर बिहे गर्न लागेका हौ ।

२. तपाइले बिहेको तयारी त केही समयदेखि गर्नुभएको छ भन्ने चर्चा छ नी ?
चलचित्रको छायांकनमा व्यस्त थिएँ । प्रमोशनमा पनि लागिरहेको छु । तर, बिहेको तयारी त मैले केही पनि गरेकी छैनँ । अब सुरु गर्छु ।

३. कुन शैलीमा बिहे गर्नुहुन्छ ?
एकदमै साधारण रुपमा नै गर्छौ । पुरानो शैलीमा नै हामी बिहे गर्छौ । कुनै कुरामा कमी हुन दिदैनौ । तर, बिहेमा त्यस्तो नयाँ शैली हुँदैन ।

४. तपाइहरुले गरेको बिहेको घोषणाको तरिका त बलिउड कलाकारको शैलीमा देखियो नी ?
त्यस्तो होइन । हामीले पहिले नै यसरी नै घोषणा गर्ने निर्णय गरेका थियौ । तर, कस्तो शब्द चयन गर्ने भन्ने बिषयमा मैले दिपिका पादुकोण, कपिल शर्माको कार्ड हेरेको थिएँ । तर, कपी भने गरिएको होइन ।

५. तपाइलाई कहिले लाग्यो कि, अब संजोग श्रीमान्का लागि ठिक छन् ?
प्रेममा परेपछि बिहे नै गरिन्छ भन्ने लागेको थिएन । तर, ३–४ बर्ष अगाडि मलाई उनी अब श्रीमान्का लागि ठिक छन् भन्ने लाग्यो । पहिले त हामी प्रेमी–प्रेमिकाको रुपमा नै थियौ ।

६. बिबाह गरेपछि करिअरमा असर पर्छ जस्तो लाग्दैन ?
बिबाह त एउटा बन्धनमा बाधिने परम्परा हो । मलाई बिहेले करिअरमा परिवर्तन नै हुन्छ भन्ने लाग्दैन । अहिले मैले आफ्नो एकल निर्णय लिइरहेको छु । बिहेपछि मलाई गाइड गर्ने अर्को कोही मानिस मसँग हुन्छ । यसैले, आउटपुट पनि दुइ जनाको निर्णयबाट निस्कन्छ । यसैले, झनै राम्रो हुन्छ जस्तो लाग्छ । मैले प्रेममा रहँदा पनि काम पाइरहेको थिएँ, दर्शकको माया पाइरहेकी थिएँ । संजोग ब्याइफ्रेन्डबाट श्रीमान् त हुने हो नी ?

७. हनिमुनका लागि संजोगजीलाई कुन ठाउँ जानुपर्छ भन्नुभएको छ ?
यहि नै भन्ने त छैन । पहिले नेपाल नै घुमौं न भन्ने लागेको छ । त्यसपछि, विदेशको बारेमा सोचौला ।

८. तपाइको बिहेको खबरले कति फ्यान खुशी हुनुभयो होला, कति फ्यानको मन दुख्यो होला ? ती फ्यानलाई के भन्नुहुन्छ ?
खुशी हुने फ्यानलाई धन्यवाद । दुखी हुने फ्यानलाई कोही तपाइलाई कुरिरहेको होला भन्न चाहन्छु । बिहे नगरेका अन्य धेरै कलाकार पनि हुनुहुन्छ । तर, मलाई माया सधै नै अहिले गरे जसरी नै गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment