Comments Add Comment

सन्दीपले क्रिस गेल र एबि डिभिलियर्सविरुद्ध बलिङ गर्न पाउलान् ?

२ माघ, काठमाडौं । बंगलादेश प्रिमियर लिग क्रिकेटमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई टिममा पर्नु निकै चुनौतीपूणै बन्दै गएको छ ।

सिलेट सिक्सर्स क्लबमा अनुबन्धित सन्दीपले आफ्नो डेब्यु खेलमा नै शानदार सुरुवात गरेका थिए । कोमिल्ला भिक्टोरियन्सविरुद्ध दुई विकेट लिदै बंगलादेशमा पनि चर्चा कमाएका सन्दीप त्यसपछिका खेलमा भने उनले राम्रो प्रदर्शन गर्न सकेनन् ।

त्यही स्तरको प्रदर्शन सन्दीपले गर्न नसक्दा सिलेटको चौथो खेलमा त्यही टिम कोमिल्ला भिक्टोरियन्सविरुद्ध बेन्चमै बसे । पछिल्लो खेललाई हेर्ने हो भने सन्दीपको खेल खस्किएको अनुमान गर्न सकिन्छ । किनभने सन्दीपले आफ्नो पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध चार ओभरमा दुई विकेट लिदा १६ रन मात्रै खर्चेका थिए ।

तर दोस्रो खेलमा चितगाँउ भिकिंग्सविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चिए भने विकेट लिन सकेनन् । यो खेलमा विकेटविहीन बनेका सन्दीपले तेस्रो खेलमा सुधार गर्लान् भन्ने आशासहित प्रशिक्षक र कप्तानले ढाका डाइनामेट्सविरुद्ध सन्दीपलाई प्लेयिङ सेटमा उतारे । यो खेल पनि सन्दीपका लागि बिर्सनलायक रह्यो ।

ढाकाविरुद्ध सन्दीप निकै महंगो सावित भए । उनले यो खेलमा चार ओभर बलिङ गर्दा ३३ रन खर्चिए । यो सन्दीप लामिछानेका लागि अघिल्लो खेलमा टिममा नअट्ने माध्यम पनि बन्यो । त्यसकारण सन्दीप चौथो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध टिममा अटाएनन् ।

त्यसो त, जारी बीपीएलमा सन्दीपको टिम सिलेट सिक्सर्सको नतिजा पनि निराशाजनक नै छ । अहिलेसम्म सिलेटले खेलेका चार खेलमध्ये तीन खेलमा हार र एक खेलमा मात्रै जित हात पारेको छ । त्यसकारण पनि यतिबेला टिम पूरै दबाबमा छ भने सन्दीपले अबका खेल खेल्न पाउँला ? भन्ने कुरा पनि उठ्न थालेको छ ।

सन्दीपको टिम सिलेटले आज राति रंगपुर राइडर्ससँग पाचौ खेल खेल्दैछ । यो खेल सिलेटको लागि जित्नैपर्ने दबाब छ । किनभने सिलेट लिगमा पुछारमा रहेको छ ।

साँझ ६ बजेर १५ मिनेटमा सुरु हुने खेल टिमको लागि त महत्वपूर्ण छदै छ, सन्दीपका लागि पनि उतिकै महत्व छ । लगातार तीन खेलमा पछि चौथो खेलमा खेल्न नपाएका सन्दीप पाँचौ खेलमा टिममा पर्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment