Comments Add Comment

एनआईसी एशिया बैंकले कमायो डेढ अर्ब मूनाफा

२ माघ, काठमाडौं । एनआईसी एशिया बंैक लिमिटेडले चालु आव २०७५/७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेको छ ।

उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

यस्तै गरी खुद मुनाफा तर्फ वाषिर्क विन्दुगत आधारमा १६४ प्रतिशत (रु ९४ करोड) को वृद्धि सहित १ अर्ब ५१ करोड रुपैयाँको खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा ५७ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

बंैकले वाषिर्क विन्दुगत आधारमा ५३ प्रतिशत (रु. ७४ अर्ब) को वृद्धि गरी वासालातको आकार रु. २१४ अर्ब पुर्‍याउन सफल भएको छ ।

जस अन्तर्गत कर्जा तर्फ वाषिर्क विन्दुगत आधारमा ४८ प्रतिशत (रु. ४८ अर्ब) को वृद्धि गरी रु. १४९.३ अर्ब रनिक्षेप संकलनतर्फ वाषिर्क विन्दुगत आधारमा ४६ प्रतिशत (रु. ५५ अर्ब) को वृद्धि गरी रु. १७५.७६ अर्ब पुर्‍याउन सफल भएको छ ।

उक्त वृद्धि नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बंैकले वाषिर्क विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि भएको बैंकको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment