+
+
Shares

कंगनाको फिल्म किन छाडे सोनुले ?

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ३ गते ११:१२

रणवीर सिंहको साथमा चलचित्र ‘सिम्बा’मा काम गरेर धमाका मच्चाएका बलिउडका कलाकार सोनु सुदले नायिका कंगना रनावतको मुख्य भूमिका रहेको चलचित्र ‘मणिकर्णिका’ छाडेपछि खुबै चर्चा भयो । उनी र नायिका कंगना रनावतविचको असमझदारीका कारण उनले चलचित्र छाडेको चर्चा पनि भयो ।

तर, सोनुले पहिलो पटक यो चलचित्र छाड्नुको कारणबारे मुख खोलेका छन् । सोनुले भने–‘चलचित्रको छायांकनका क्रममा एउटा समय यस्तो पनि आएको थियो कि, निर्देशक र कंगनाको सम्बन्ध खासै राम्रो थिएन । निर्देशक चलचित्रका केही दृश्य फेरि खिच्न चाहन्थे । मैले निर्देशकलाई मेरो कुन भाग फेरि खिच्नुपर्ने हो भनेर सोधेको थिएँ ।’

सोनुले अगाडि भने–‘जब यो चलचित्रको सम्पादन भैरहेको थियो, तब मैले थाहा पाए कि हामीले सुट गरेको दृश्य नै हराएको थियो । यसपछि, मलाई निकै दुःख लाग्यो । जुन दृश्यका लागि मैले खुबै मिहिनेत गरेको थिएँ, सोही दृश्य हराएको थियो । यसकारण मलाई फेरि छायांकन गर्न भनिएको रहेछ । यसैले मैले चलचित्र छाडेँ ।’

सोनुले चलचित्र छाडेपछि उनको भूमिकामा कलाकार जीशान अथ्यूवलाई लिएर चलचित्र निर्माण गरिएको थियो । यो चलचित्र जनवरी २५ बाट रिलिज हुँदैछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?