३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बाँकी कार्यकालभित्र सबै वडा कार्यालयले आफ्नै भवन पाउने बताएका छन् ।
बिहीबार लैनचारस्थित वडा नम्बर २६ को भवन शिलान्यास गर्दै प्रमुख शाक्यले भाडाको घरमा कार्यालय सञ्चालन गर्दा सेवाग्राहीलाई समस्या परिरहेको बताए ।
‘सेवा दिने कार्यालय आफैं भाडामा यताउता सर्दै हिँडेपछि नागरिकलाई समस्या हुने भएपछि वडा भवन निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ’, उनले भने ।
कार्यक्रममा वडा नम्बर २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले १ बर्षभित्र सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माणको काम सक्न कुनै पनि समस्या नपर्ने दावी गरे ।
व्यवस्थित सेवाका लागि आफ्नै कार्यालय भवन आवश्यक रहेको उनको भनाइ छ । शिलान्यास कार्यक्रममा प्रदेश ३ का प्रदेशसभा सदस्य जीवन डंगोल, महानगरपालिकाकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी लगायत सहभागी भएका थिए ।
५ करोड रूपैयाँकाे लागतमा बन्न लागेको वडा भवन निर्माणका लागि के एण्ड के जेभिले ठेक्का पाएको छ । करीब ८ आना क्षेत्रफलमा बन्ने साढे ३ तले भवनभित्र ९२०० स्क्वायर फिट ठाउँ हुनेछ । २०७२ सालको भूकम्प अघि ठमेलमा वडा कार्यालय थियो ।
भूकम्पको कम्पनबाट भवन जीर्ण भएपछि लैनचौरस्थित सहिद पार्कको एक छेउमा पि्रˆयाव भवनबाट सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया 4