Comments Add Comment

आर्सनलसँग चेल्सी पराजित

६ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी आर्सनलसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई २–० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा एलेक्जेन्डर लेकाजेट र लौरेन्ट कोसाइल्नीले गोल गरे ।

खेलको १४औं मिनेटमा नै लेकाजेटले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा कोसाइल्नीले गोल गर्दै आर्सनलाई दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नै दोब्बर अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा चेल्सीलाई रोक्न सक्यो । घरेलु टोली आर्सनलमाथि चेल्सीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन ।

जितसँगै आर्सनलले २३ खेलबाट ४४ अंक बनाएको छ । पराजित चेल्सीको भने ४७ अंक रहेको छ ।

शनिबार राति नै भएको खेलमा न्युक्यास्टलले कार्डिफ सिटीलाई ३–० गोलअन्तरले पराजित गर्दा बोर्नेमाउथले वेष्टह्यामलाई २–० र साउथह्याम्पटनले एभर्टनलाई २–१ गोलअन्तरले पराजित गरेका छन् । यता, वाटफोर्ड र बुर्नेली भने गोलरहित बराबरीमा रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment