Comments Add Comment

फुलहृयाम आफ्नै मैदानमा टोटनहृयामसँग पराजित

Photo Credit : प्रिमियर लिग

७ माघ, काठमाडौं । टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहृयाममाथि संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति भएको खेलमा टोटनहृयामले फुलहृयामलाई २-१ गोलअन्तरले पराजित गरेको हो । टोटनहृयामको जितमा डेली अली र विंक्सले गोल गरे । टोटनहृयामका लाउरेन्टले आत्मघाति गोल गरेपछि फुलहृयामले उपाहार स्वरुप एक गोल पाएको थियो ।

आफ्नै घरेलु मैदानमा पहिलो हाफसम्म १-० गोलअन्तरले अघि रहेको फुलहृयामले दोस्रो हाफमा त्यो अग्रता जोगाउन सकेन । खेलको १७औं मिनेटमा नै टोटनहृयामका लाउरेन्टले आत्माघाति गोल गरेपछि फुलहृयामले अग्रता लिएको थियो ।

आफ्नै आत्मघाति गोल टोटनहृयामको लागि टाउको दुखाईको विषय बन्यो । तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टोटनहृयाम खेलमा फर्किन सफल भयो । खेलको ५१औं मिनेटमा अलीले गोल गरेपछि टोटनहृयामले १-१ गोलको बराबरी बनाएको थियो । खेलको अतिरिक्त समयमा विंक्सले गोल गर्दै टोटेनहृयामलाई २-१ गोलको जित दिलाए ।

लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामले जितपछि २३ खेलबाट ४९ अंक बनाएको छ । यता फुलहृयामको भने १५ अंक मात्रै रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment