Comments Add Comment

‘प्रेम दिवस गीत’: आयुष्मानकै छेउ सर्ने प्रियंकाको चाहना

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्र्रै छेउ सरु कि म’ बोलको गीतमा नायिका अन्जु पन्तको आवाज छ । गीतमा महाराज थापाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ । चलचित्रको यो गीतमा कुनै एक यूवतीले आफ्नो सपनाको राजकुमारलाई कल्पिएर मनको कुरा व्यक्त गर्न खोजेको देखाइएको छ ।

चलचित्रमा प्रियंकाको साथमा आयुष्मान देशराज जोशी, हेमन्त वुढाथुकी, शिवशंकर रिजाल, विशाल खरेलको मुख्य भूमिका छ । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने मानकृष्ण महर्जनले छायांकन गरेका हुन् ।

यो चलचित्र आउँदो बर्षको जेठ ३ गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ । सञ्जय न्यौपानेको लगानीमा तयार भएको चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । यो गीतको बिषयमा नायिका कार्कीले भनिन्–‘मलाई मनपर्ने गीतहरुको सूचीमा यो गीत पनि पर्छ । हामीले भिडियोका लागि पनि निकै मिहिनेत गरेका छौ ।’

यस्तै, नायक आयुष्मान देशराज जोशीले भने–‘निकै जाडो भएतापनि हामीले मिहिनेत गरेका छौ । गीतको शब्द मलाई खुबै मनपर्छ ।’निर्देशक योगेश घिमिरेले चलचित्रले मायाको कथा बोल्ने बताए । साथै, उनले पर्यटन प्रवद्र्धनका लागि पनि यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने सुनाए ।

चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको एकसन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment