Comments Add Comment

आईसीसी अवार्डमा विराट कोहलीको ह्याट्रिक

मुख्य तीनसँगै जिते पाँच अवार्ड

Photo Credit : आईसीसी

८ माघ, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मुख्य तीन वटासहित पाँच अवार्ड जितेका छन् ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा कोहलीले आईसीसी क्रिकेटर अफ द इयर, द आईसीसी मेन्स टेष्ट प्लेयर अफ द इयर र द आईसीसी एक दिवसीय प्लेयर अफ द इयरको उपाधि जितेका हुन् ।

योसँगै सर गारफिल्ड सोम्बर्स ट्रफीको तीनवटै विधा जित्ने उनी पहिलो खेलाडी बनेका छन् ।

त्यस्तै, कप्तान विराटले क्याप्टेन अफ आईसीसी टेष्ट टिम अफ द इयर र क्याप्टेन अफ आईसीसी मेन्स एक दिवसीय टिम अफ द इयरको अवार्ड पनि जितेका छन् ।

उनले २०१८ मा वर्ष १३ टेष्ट खेलमा १३२२ रन बनाएका छन् भने उनको ५५.०८ औसत रहेको छ । कोहलीले पाँच शतक पनि प्रहार गरेका छन् ।

त्यस्तै, १४ एक दिवसीय खेलमा उनले २०१८ मा १२०२ रन बनाएका छन् । यो क्रममा उनले ६ शतक प्रहार गरेका छन् । त्यस्तै, १० टी–२० क्रिकेट खेलमा उनले २११ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment