+

संकटालाई पराजित गर्दै थ्रीस्टार सिमरा गोल्डकपको सेमिफाइनलमा

२०७५ माघ  ८ गते १८:२३ २०७५ माघ ८ गते १८:२३
संकटालाई पराजित गर्दै थ्रीस्टार सिमरा गोल्डकपको सेमिफाइनलमा

८ माघ, काठमाडौं । थ्रीस्टार क्लब दशौं सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा मंगलबार भएको खेलमा संकटा क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारको जितमा फोडे फोफना र सुसन श्रेष्ठले गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको थ्रीस्टारले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । खेलको १३औं मिनेटमा नै फोफनाले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ८५औं मिनेटमा सुसनले गोल गर्दै थ्रीस्टारलाई २-० गोलको जित दिलाएका हुन् ।

सेमिफाइनल खेल बुधबारदेखि हुनेछ । पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आयोजक नव जनजागृति युवा क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा विहीबार थ्रीस्टारले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले ट्रफिसहित ६ लाख पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।

थ्रीस्टार क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय