Comments Add Comment

‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ योजनाकाे विजेता घोषणा

८ माघ, काठमाडौं । शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देव दर्शन शिवमको साथमा’ उपभोक्ता योजनाको दोस्रो चरणको लक्की ड्र सार्वजनिक गरिएको छ ।

हेलिकप्टरबाट काठमाण्डौं-गोसाईकुण्ड-काठमाण्डौं, देव दर्शन यात्राको दोस्रो चरण अन्तर्गत ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की-ड्र मार्फत सार्वजनिक गरिएको कम्पनीले जनाएको हो । यसअघि लक्की-ड्र मार्फत ६० कुपनबाट १२० जना छनौटमा गरिएको थियो ।

दोस्रो चरणको लक्की-ड्र नेपालभरबाट संकलित कुपनहरुका मध्येबाट पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली बिजेताहरुको नाम सार्वजनिक गरिएको थियोे ।

जस मध्ये प्रत्येक कुपन वापत २ जना विजेता गरि १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् ।  यस योजनामा हालसम्म १२० कुपन मार्फत २४० जना छनौट भई सकेका छन् भने अझै २४२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको छ ।

शिवम् सिमेन्टले यहि पुस ५ गते देखि ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो ।
जसअन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं-गोसाईकुण्ड-काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की-ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको यो योजनामा रहेको कम्पनी बताउँछ ।

यस योजनाको छोटो समयमै ग्राहक महानुभावहरुलेे उल्लेख्य संख्यामा सहभागिता जनाएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment