Comments Add Comment

दमकलले बसलाई ठक्कर दिँदा २४ यात्रु घाइते

९ माघ, नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ प्रसौनीमा दमकलले बसलाई ठक्कर दिँदा २४ जना घाइते भएका छन् । कावासोती नगरपालिकाको लु १ ग ३१० नम्बरको दमकलले लु १ ख ८७९७ नम्बरको बसलाई ठक्कर दिँदा बसमा सवार यात्रुहरु घाइते भएका हुन् ।

घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको छ ।

कावासोती नगरपालिकाको दमकल दाउन्नेमा राति खसेको पहिरोका कारण हिलाम्मे भएको सडक पखालेर फर्किँदै थियो ।

रातभर पानी परेका कारण झरेको पहिरोले दाउन्नेको सडक राति १२ बजेदेखि नै अवरुद्ध भएको थियो । अवरुद्ध सडक बुधबार विहान ६ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment