Comments Add Comment

यी प्राध्यापकले किन पाए ‘भर्जिनिटी मूर्ति’को उपाधि

महिलाहरुको कुमारित्वको बारेमा फेसबुकमा निकै सेक्सिस्ट पोष्ट गर्ने एकजना प्राध्यापकले स्टाचू अफ भर्जिनिटी अर्थात् कुमारित्वका मूर्तिको उपाधि पाएका छन् ।

भारतको कोलकातास्थित जादवपूर विश्वविद्यालयका प्राध्यापक कनक सरकार आफ्ना केही फेसबुक पोष्टका कारण विवादमा आएका थिए ।

उनले कुमारी बेहुलीको तुलनामा एउटा शिलबन्दी गरिएको बोतल वा सिलबन्दी गरिएको प्याकेटसँग गरेका थिए ।

उनले लेखेका थिए: भर्जिन बेहुली किन नहुनु ? शिक्षिका युवकहरुका लागि मूल्यमा आधारित सामाजिक परामर्श । केही युवकहरु मुर्ख हुन्छन् । उनीहरु बेहुली भर्जिन भए नभएको बारेमा ध्यान दिन्नन् । भर्जिन केटीहरु एउटा सिलबन्दी गरिएको बोतल वा सिलबन्दी गरिएको प्याकेटजस्तै हुन् । के तपाईं सिल भोडिएको कोल्ड ड्रिंक वा बोतल वा बिस्कुटको प्याकेट खरीद गर्नुहुन्छ ?

उनको त्यो फेसबुक पोष्ट भाइरल बन्यो । धेरै आलोचना भयो । अन्ततः उनले उक्त पोष्ट डिलिट मात्र गरेनन् आफ्नो फेसबुक अकाउन्ट पनि बन्द गरे ।

उनको भर्जिनिटीको पोष्ट भाइरल बनेसँगै उनी सोसल मिडियामा निकै ट्रोलमा परे । यसैक्रममा उनलाई स्टाचू अफ भर्जिनिटी घोषित गरे । सरदार पटेलको मूर्तिमा फोटोशप गरेर उनको टाउको जोडी ती प्राध्यापकलाई कुमारीका मूर्ति नाम दिइएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment