Comments Add Comment

सुरज थापाको ‘आएन परदेशी’

‘नेपाल आइडल’को पहिलो सिजनमा टप ६ सम्म पुगेका गायक सुरज थापाको आवाजमा समावेश ‘आएन परदेशी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतले ग्रामिण परिवारको कथालाई प्रस्तुत गरेको छ । यो भिडियोको निर्देशन पनि थापा आफैले गरेका हुन् ।

विदेशिएका लाखौ नेपालीको कथालाई भिडियोमा प्रस्तुत गरिएको थापाले बताएका छन् । भिडियोमा उत्तम हुमागाँइको छायांकन, विकाश दाहालको सम्पादन, चन्द्रबहादुर थापाको कथा छ ।

गीतमा गायक थापाको संगीत र शब्द छ । भिडियोमा दर्शकले मनबहादुर थापा, कविराम थापा, दिलमाया थापा लगायतलाई देख्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment