+
+

दिलभूषणको ‘टफ टक’ अब हिमालय टीभीमा

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १० गते १७:४२

काठमाडाैं । चर्चित टेलिभिजन पत्रकार दिलभूषण पाठकको ‘टफ टक’ कार्यक्रम आजदेखि हिमालय टीभी एचडीमा प्रसारण सुरु हुने भएको छ ।
टफ टकको नयाँ संस्करणको पहिलो श्रृङ्खला बिहीबार साँझ ९ बजे प्रसारण हुने हिमालय टेलिभिजनले जनाएको छ ।

६ वर्षअघि सुरु भएको टफ टक यसअघि न्यूज २४ टीभी र कान्तिपुर टीभीमा प्रसारण भएको थियो । झण्डै एक वर्षको बिश्रामपछि टफ टक नयाँ श्रृङ्खलासहित हिमालय टीभी एचडीमा आउन लागेको हो ।

‘टफ टक विथ दिलभूषण पाठक’को नयाँ संस्करणमा आफ्नो मूलमन्त्र ‘सार्थक छलफलको नयाँ संस्कार’लाई आत्मसात गर्दै बिषय चुरो समाई अन्तरबस्तुसम्म पुग्ने कोसिस गर्ने सञ्चालक पाठकले बताए ।

नयाँ समूहले स्वामित्व लिएपछि हिमालय टेलिभिजनले गत सातादेखि एचडी प्रबिधिमा औपचारिक रुपमा प्रसारण सुरु गरेको थियो । टफ टकलाई हिमालय टीभीले आफ्नो सिग्नेचर कार्यक्रमका रुपमा अंगीकार गरेको टेलिभिजनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?