Comments Add Comment

चीनमा बनाइयो पैसाको पहाड, ५ हजार जनाले भटाभट पैसा झिक्दै

माटो, चट्टान, वनस्पती, जिवजन्तु भएको पहाड त दुनियाँमा कति छन् कति । तर चीनमा एउटा यस्तो पहाड पनि फेला परेको छ जुन पैसाको थुप्रोले बनेको छ । त्यो पहाडको नाम नै नगद पहाड रहेको छ ।

त्यो नगद पहाड ३० करोड चिनिया युआन अर्थात् झण्डै साढे ४ करोड डलरका नोटको थुप्रोबाट बनेको छ ।

त्यो पैसाको पहाड केवल हेर्नका लागि मात्र होइन । मानिसहरुले पहाडबाट झिकेर पैसा लैजान पनि पाउँछन् ।

चीनको त्यो नगद पहाड वास्तवमा एउटा स्टील कम्पनीले आफ्ना कर्मचारीलाई बोनस दिनका लागि सिर्जना गरिएको हो । चीनको जियाङजी प्रान्तस्थित नानचाङ सहरमा रहेको सो कम्पनीले पैसाको पहाड बनाएको हो ।

उक्त स्टील कम्पनीले हरेक वर्ष चिनिया नयाँ वर्षको अवसरमा आफ्ना कर्मचारीलाई बोनस दिनका लागि पैसाको पहाड खडा गर्दछ ।

प्रति कर्मचारी ६० हजार युआन बोनस दिइन्छ । कम्पनीमा झण्डै ५ हजार कर्मचारी रहेका छन् । हरेक कर्मचारीले आफ्नो भागमा पर्ने बोनस रकम पैसाको पहाडबाट झिकेर बोरामा हालेर लैजान पाउनेछन् ।

गत वर्ष कम्पनीले नगद खेलको समेत आयोजना गरेको थियो । जहाँ कर्मचारीले आफुले चाहेजति रकम जित्न सक्दथे ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment