Comments Add Comment

संसद खुलाउन सहमति जुटेन

११ माघ, काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख कृष्णबहादुर महराले आयोजना गरेको छलफल विना निश्कर्ष सकिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल आआफ्नै अडानमा रहेका कारण संसदखुलाउने विषयमा सहमति जुट्न नसकेको हो ।

सभामुख कृष्णबहादुर महराले संसदको अवरोध खुलाउने विषयमा छलफल आह्वान गरेका थिए । छलफलमा कांग्रेसका संसदीय दलका उपनेता विजय गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्तापक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल र उपसभामुख शिवमाया तुम्बाहाम्फे बसेका थिए ।

तर छलफलमा सहमति नजुटेका कारण कांग्रेसले शुक्रबार पनि अवरोध गर्ने तयारी गरेको छ । सहमति जुटाउनका लागि शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक २ बजेसम्म चल्न सकेको थिएन ।

नेपाली कांग्रेसले आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा सञ्चालित अस्पताल केन्द्र सरकार मातहत नराखेको भन्दै संसद अवरोध गर्दै आएको छ । जसले गर्दा सरकारले पारित गर्न लागेको चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment