Comments Add Comment

गगनको चेतावनी : सरकार र सभामुखलाई महंगो पर्छ

११ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकार र सभामुखलाई महंगो पर्ने चेतावनी दिएका छन् । कांग्रेसको नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि सांसद थापाले यसको तीन सन्देश भएको बताए ।

पहिलोः निषेधको राजनीति

कांग्रेस सांसद थापाकाअनुसार सरकारले आफूसँग फरक मत राख्नेहरुलाई चिन्दैन भन्ने सन्देश दिएको दाबी गरे । उनले भने, आजबाट निषेधको राजनीति प्रारम्भ भएको छ ।’

दोस्रोः सभामुखको जालझेल

सांसद थापाका अनुसार संसद बैठकअघि भएको छलफलमा सभामुखले सहमति नभए बैठक नै अगाडि नबढाउने र मुठभेड नगर्ने सन्देश दिएका थिए । तर, संसद बैठक भएपछि विधेयक पास गर्न लागेर जालझेलपूयर्ण व्यवहार गरेको उनले बताए । सभामुख सरकारले आदेशपालक जस्तो भन्दै भन्दै उनले भने, ढाँटेर छलेर सभा चलाउनु जस्तो दुर्भाग्यपूर्ण व्यवहार अरु हुन सक्दैन ।’

तेस्रोः सरकार कसले चलाएको छ

सत्तारुढ सांसदहरुले विधेयकले डा. गोविन्द केसीको ९५ प्रतिशत माग सम्बोधन भएको स्मरण गर्दै सांसद थापाले ५ प्रतिशत कसका लागि भन्ने प्रश्न गरे । ५ प्रतिशत मागका लागि विपक्षीसँग मुठभेड गर्न र डा. गोविन्द केसीको जीवन लुट्न सरकार तयार भएको भन्दै उनले भने, ‘अब सरकारले जवाफ दिनुपर्छ सरकार शक्तिशाली कि सरकार चलाउने केही व्यापारी शक्तिशाली छन् ?’

विगतमा कांग्रेससँग लड्नेहरु सबै सकिएको स्मरण गर्दै कांग्रेस सांसद थापाले यो सरकार र सभामखुका लागि महंगो पर्ने चेतावनी छ । उनले अघि भने, कम्युनिस्ट सरकारलाई बधाइ छ । अब हामी सदन र सडकबाट लड्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment