Comments Add Comment

राष्ट्रिय हक्कीको उपाधि आर्मीलाई

८ माघ, हेटौंडा । सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि नेपाली सेनाले हात पारेको छ ।

हेटौंडामा भएको प्रतियोगिताको फाइनलमा पेनाल्टिमार्फत प्रदेश ३ लाई पाखा लगाउँदै सेनाले उपाधिमा जितेको हो ।

प्रतियोगिता अन्तरगत निर्धारित समय एक/एक गोलको बाराबरीमा रोकिए पछि खेल पेनाल्टिमा पुगेको थियो ।

खेलको निर्धारित समयको १२ औं मिनेटमा प्रदेश ३ का लागि निलिमा पाण्डेले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । एक गोल अन्तरले पछि परेको आर्मीले ३३ औं मिनेटमा सिताकुमारी चौधरीको गोलसँगै खेललाई बराबरीमा ल्याएको थियो ।

निर्धारित समय बराबरीमा रोकिएपछि भएको पेनाल्टिमा उमा गुरुङ, सिताकुमारी चौधरी र सितामाया बलले गोल गरेपछि आर्मीले उपाधि जितेको हो ।
प्रतियोगितामा तेश्रो स्थानको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । गण्डकी र प्रदेश ७ बीचको खेल निर्धाीति समयमा गोलरहित बराबरीमा रोकिएको थियो ।

खेल बाराबरीमा रोकिएपछि भएको पेनाल्टिमा दुई/दुई गोलको बराबरी भएपछि सडेनडेथमा गण्डकीले १-० अन्तरले तेश्रो उपाधि हात पारेको हो । गण्डकीको जितका लागि कमला पुनले गोल गरेकी थिइन् ।

प्रतियोगितामा बिजयी बनेका टिमलाई शिल्ड मेडल र प्रमाण पत्र बितरण गरिएको थियो । खेलमा चार बिधामा खेलाडी पुरस्कृत भएका छन् ।

उनीहरुलाई नगद ५ हजारसहित प्रमाणपत्र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक नेपाल आर्मीका कुष्मा रानामगर, हाइस्कोरक सेनाका सरिता मेचे, उत्कृष्ट खेलाडी प्रदेश ३ का निलिमा पाण्डे र उदयमान खेलाडी गण्डकी प्रदेशकी कमला पुन घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment