
१७ फागुन, काठमाडौं । स्वीट्जरल्यान्डका रोजर फेडेरर दुबई टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
३७ वर्षीय फेडेररले हंगेरीका मार्टन फुक्सोभिसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । सातौं वरियताका फेडेररले ३५ औं वरियताका फुक्सोभिसलाई ७–६ (८–६) र ६–४ को सेटमा पराजित गर्न सफल भए ।
योसँगै उनी १००औं एटीपी व्यक्तिगत उपाधिको नजिक पुगेका छन् । फेडेररले दुबई टेनिसको उपाधि उचालेमा व्यक्तिगत सय उपाधि जित्ने विश्वका दोस्रो खेलाडी बन्ने छन् ।
२०औं पटक ग्रान्डस्लाम विजेता फेडेररले अब फाइनल प्रवेशका लागि क्रोएसियाका बोर्ना कोरिकको सामना गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4