Comments Add Comment

अष्ट्रेलियाविरुद्ध कमजोर श्रीलंका

Photo Credit : आईसीसी

११ माघ, काठमाडौं । पहिलो टेष्ट क्रिकेट खेलमा अष्टे«लिया विरुद्ध श्रीलंकाले फितलो प्रदर्शन गरेको छ ।

दोस्रो दिनको समाप्तिमा श्रीलंकाले आफ्नो दोस्रो इनिङ्समा पनि सुरुवाती समयमै विकेट गुमाएको छ । दोस्रो दिनको समाप्तिसम्म श्रीलंकाले आफ्नो दोस्रो इनिङ्समा १७ रन बनाउँदा विकेट गुमाएको हो ।

श्रीलंकाका दिमुख करुनारत्ने तीन रनमा आउट भएका हुन् । श्रीलंकाले भोलि तेस्रो दिन यही स्थितिबाट ब्याटिङ थाल्नेछ ।

श्रीलंकाले आफ्नो पहिलो इनिङ्समा भने सबै विकेटको क्षतिमा १४४ रन मात्रै बनाएको थियो । श्रीलंकाका लागि निरोशान डिक्वेल्लाले ६४ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । बलिङतर्फ अष्ट्रेलियाका पट कुम्मिन्सले चार विकेट लिए ।

यता, अष्ट्रेलियाले भने आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा ३२३ रन बनाउन सक्यो । अष्ट्रेलियाका लागि ट्राभिस हेडले ८४ र मार्नुस लबुस्च्यांनेले ८१ रन बनाएका थिए ।

श्रीलंकाका लागि बलिङतर्फ सुरंगा लकमलले पाँच विकेट लि ए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment