Comments Add Comment

ढोरपाटन महिला डबल लिग भलिबलमा पुलिसको जित

Photo Credit : फाइल तस्वीर

११ माघ, काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले १४ औं ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएका खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–८, २५–३ र २५–२ सोझो सेटमा पराजित गरेको छ । त्यस्तै, आजै भएको खेलमा पश्चिमाञ्चलले दोहोरो जित निकाल्न सफल भयो ।

आज भएको आफ्नो पहिलो खेलमा पश्चिमाञ्चलले थाहा नगरपालिकालाई २५–३, २५–६ र २५–११ को सेटमा पराजित गर्न सफल भयो । त्यस्तै, आफ्नो दोस्रो खेलमा पश्चिमाञ्चलले श्रीगाँउ दाङलाई २५–१४, २५–१४ र २५–१० को सेटमा हराएको हो ।

सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब) ले चितवन टाइगर्सलाई २५–२३, २५–२१ र २५–१४ को सेटमा पराजित गरेको हो । त्यस्तै, चितवन टाइगर्सले आजै अर्को खेलमा भने जित हात पारेको छ । चितवन टाइगर्सले थाहा नगरपालिका २५–१३, २५–११ र २५–१२ को सेटमा पराजित गरेको हो ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ । दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्रप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment