Comments Add Comment

ज्ञान मेज स्टार्च बजारमा

११ माघ, काठमाडौं । के एल दुगड समूहले हालै ज्ञान मेज स्टार्च (कन फ्लोर) बजारमा ल्याएको छ । कम्पनीले ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती, ज्ञानसोल्टी पनि चामल उत्पादन गर्दै आएको छ ।

ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थका आवश्यकताहरु पूर्ति गर्ने क्रममा उक्त समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो १ वर्ष अगाडि नै बजारमा ल्याएको थियो । बजारको मागलाई ध्यानमा राख्दै यस समूहले मेज स्टार्च ८०० ग्राम, ५०० ग्राम र १०० ग्राम प्याकमा ल्याएको हो ।

ज्ञान मेज स्टार्च विभिन्न खाद्यपदार्थहरुलाई स्वादिस्ट बनाउन प्रयोग गरिन्छ । खासगरी सुप, सस, जुस जस्ता पदार्थहरुलाई बाक्लो बनाउन, फ्राई खाद्यपदार्थहरु, बेकरी उत्पादनहरुलाई स्वादिस्ट बनाउन यसको प्रयोग गर्न सकिन्छ ।

के एल दूगड गु्रप उच्च गुणस्तरको उत्पादनहरु उच्चस्तरीय प्रविधिबाट निकै स्वच्छ वातावरणमा उत्पादन गर्न प्रतिबद्ध छ । यसले उपभोक्ताहरुका साथ-साथै कारखानामा काम गर्ने कामदारको स्वस्थतालाई पनि सुनिश्चित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment