Comments Add Comment

आहा ! रारा गोल्डकपमा १० टिम मात्र खेल्ने

१२ माघ, पोखरा । मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्डकपको १७ औं संस्करण फागुन दोश्रो साताबाट शुरु हुने भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा फागुन ९ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । यसअघि १२ टिम खेलाउँदै आएको आहा रारामा यस वर्ष समय अभावले टिम घटेको क्लबका अध्यक्ष केशबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगिता १० दिन हुनेछ ।

प्रतियोगिताको विजेतालाई ८ लाख १ हजार, उपविजेतालाई ४ लाख १ हजार प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट राष्ट्रिय फुटबललाई नगद ३५ हजारसहित सम्मान पनि गरिनेे क्लबले जनाएको छ ।

एक करोड ३० लाख १ हजार आम्दानी गर्ने लक्ष्य राखिएको प्रतियोगितामा ९७ लाख ९८ हजार ९ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लवका अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment