Comments Add Comment

सभामुखले विपक्षीलाई झुक्याएको बाबुरामको खुलासा !

१२ माघ, काठमाडौं । प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सभामुख कृष्णबहादुर महराले विपक्षी दलहरुलाई झुक्याएको खुलेको छ ।

प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको नाराबाजीका बीच शुक्रबार संसदले विधेयक पास गरेको थियो । विधेयक पास भएलगत्तै कांग्रेस सांसद गगन थापाले सभामुखमाथि जालझेल गरेको सदन चलाएको आरोप लगाएका थिए । तर, धेरैले यसलाई आफ्नो विरोधका बीच विधेयक पास गर्दाको आक्रोशका रुपमा मात्रै बुझेका थिए ।

गगन थापाले जस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विधेयक पारित गर्ने तरिकाप्रति आपत्ति जनाएका थिए । आफूले महाकाली सन्धी पारित गर्ने वेलामा पनि असन्तुष्ट पक्षसँग छलफल र वार्ता गरेर अघि बढेको भन्दै देउवाले सत्तापक्षद्वारा ‘कम्युनिष्ट शैली’ प्रयोग भएको प्रतिक्रिया दिएका थिए ।

यसैवीच नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले विधेयक पास भएको भोलिपल्ट विपक्षीहरुलाई सभामुखले झुक्याएको पुष्टि गरे । पूर्वप्रधानमन्त्री भट्टराईको खुलासापछि सभामुखले विपक्षीमाथि जालझेलपूर्ण तरिका अपनाएको पुष्टि भएको छ ।

डा. भट्टराईका अनुसार शुक्रबार संसद बैठकअघि भएको छलफलमा सभामुख महराले प्रधानमन्त्री ओली स्वीटजरल्याण्डबाट आएपछि मात्रै विधेयक अगाडि बढाउने सहमति गरेका थिए ।

‘अनावश्यक मुठभेड नगर्नुस्, करिव-करिव मिलेकै छ । प्रधानमन्त्री भोलि आउँदै हुनुहुन्छ, गोविन्द केसीजी अनसनमा हुनुहुन्छ । उहाँहरुबीच सम्वाद गराउँदा सहमति हुने देखेको छु भनेको थिएँ’ भट्टराईले महरासँग भएको सम्वाद स्मरण गर्दै भने, ‘उहाँले ठीक छ, प्रधानमन्त्री आउँदासम्म पर्खन्छु भन्नुभएको थियो ।’

त्यही सहमति भयो होला भनेर आफू संसदबाट हिँडेको तर, मुठभेड गरेर विधेयक पास भएको पूर्वप्रधानमन्त्री भट्टराईले बताए । उनले भने, यो दुर्भाग्यपूर्ण छ । यस्तो मुठभेड गर्न आवश्यक थिएन ।’

संसदमा मुठभेड गर्ने हो भने वाइडबडी विमान खरिद प्रकरण वा बुढीगण्डकी जवलविद्युत आयोजनबारे गर्नुपर्ने डा. भट्टराईको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment