Comments Add Comment

माइक्रोसफ्टको सर्च इन्जिनमाथिको प्रतिबन्ध चीनले हटायो

माइक्रोसफ्टको सर्च इन्जिन बिङ्गमाथि चीनले लगाएको भनिएको प्रतिबन्ध हटेको छ । चिनियाँ टेलकम प्रोभाइडर्सहरुले बिगं सर्च इन्जिनमाथिको पहुँच पुनस्र्थापित गरेका हुन् ।

गुगललगायतका मुख्य सर्च इन्जिन प्रतिबन्धित रहेको देश चीनमा खुल्ला रहेको एकमात्र विश्वव्यापी सर्च इन्जिन बिंग हो ।

माइक्रोसफ्टले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘चीनमा बिंगमाथि बन्देज लगाइएको थियो । तर अहिले चाहीँ यो पुनस्र्थापित भएको पुष्टि गर्न चाहन्छौँ ।’

गत बुधबार चीन सरकारको निर्देशनमा चीनमा बिगंमाथि प्रतिबन्ध लगाइएको समाचार आएको थियो । तर यसको कारण चाहीँ खुलेको छैन ।

स्मरण रहोस् सन् २००६ मा विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगल चीनमा सुरु गरिएको थियो । तर चीन सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने तथा वेबसाइटहरु ब्लक गर्ने प्रयास गरेसँगै सन् २०१० मै गुगल सर्च इन्जिन चीनमा बन्द गरिएको थियो । पछिल्लो पटक सेन्सरयुक्त सर्च इन्जिन चीनमा पुनः सुरु गर्ने प्रयास गुगलले गरेपनि तिव्र विरोधका कारण गुगल पछि हटेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment