Comments Add Comment

राष्ट्रियसभामा कांग्रेसको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित

१४ माघ, काठमाडौं । नेपाली काँग्रेसका सांसदहरूको अवरोधपछि राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सोमबार विहान ११ शुरु भएको बैठकमा बद्री पाण्डेले बोलेपछि काँग्रेस सांसदहरूले आसनबाट उठेर विरोध जनाएका हुन ।

पटक पटक आग्रह गर्दा पनि अवरोध जारी रहेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन ।

बैठकमा प्रमुख प्रतिपक्ष काँग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट बहुमतले पारित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ टेबुल गर्ने कार्यसूचि छ ।

सरकारले आफुसँग गरेको सम्झौता विपरीत विधेयक ल्याएको भन्दै डा. गोविन्द केसी २० दिनदेखि अनसनरत छन् ।

आजको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिक मन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ ।

यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फछ्र्यौट विधेयक र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विज्ञापन (नियमन गर्ने) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयकबारेको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment