Comments Add Comment

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

१४ माघ, काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विरुद्ध ब्याटिङ गरेको युएईको तेस्रो विकेट पतन भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईका घुलाम शब्बेर १८ रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

यसअघि युएईका दुई ओपनर ब्याट्सम्यान शुन्य रनमै आउट भए । पहिलो विकेटको रुपमा अष्फाक अहमद शुन्य रनमै आउट भएका थिए । त्यस्तै, चिराग सुरी पनि शुन्य रनमै आउट भएपछि युएई दबाबमा आएको थियो ।

नेपालका लागि सोमपाल कामी र करण केसीले विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment