Comments Add Comment

मस्ती टकः सुरक्षालाई छाडेर बर्षातिर किन लागे विपिन ?(भिडियो कुराकानी)

कुराकानीको सुरुवातमै नायिका बर्षा राउतलाई बिहेको बधाई ज्ञापन गर्दै गर्दा नायक विपिन कार्की थोरै चिन्तित देखिए । विपिन, बर्षाले बिहेको कारणले चलचित्रको प्रमोशनमा समय नपाउने हो कि भन्ने चिन्तामा थिए ।
माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को प्रमोशनमा रहेका कलाकारत्रय विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्त रोमान्टिक पनि देखिए ।

नायिका सुरक्षा पन्तले बर्षाले बिहेको तयारी गर्दै गर्दा आफूलाई हतारो नभएको बताइन् । उनले, बिहेका लागि मानिस नै नभएको खुलाइन् ।

विपिन, बर्षा र सुरक्षासँगको ‘ओके मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


नायिका राउतले चलचित्रको कथाबस्तु मन परेका कारण आफू अन्तिम समयमा आएर यो चलचित्रमा जोडिएको बताइन् । ३ घन्टामा कथा पढ्दै गर्दा नायक विपिन कार्कीले यसको कथावस्तु आफ्नो वास्तविक जीवनमा पनि मेल खाएका कारण काम गर्न तयार भएको खुलाए ।

विपिनले भने–‘चलचित्रको गाइसँगको कनेक्शन मैले पहिले पनि भोगिसकेको छु । यसैले पनि मलाई काम गर्न धेरै सोच्नुपरेन ।’ यसअगाडि चलचित्रमा खगेन्द्र लामिछाने र बर्षा सिवाकोटीले काम गर्ने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर विपिन र बर्षा राउत जोडिदा आफू खुशी भएको सुरक्षाले बताइन् । मुख्यतयाः आफूलाई चलचित्र नै बन्ने भयो भन्ने कुराले बढी खुशी बनाएको सुरक्षाले बताइन् ।

कुराकानीको क्रममा तीन कलाकारले रमाइलो ‘र्याफिड फायर’ खेल पनि खेलेका छन् । जसका लागि तपाइले यो भिडियो हेर्न सक्नुहुनेछः

गाई सम्बन्धी चलचित्र भएका कारणले पनि रमाइलो कुराकानीका क्रममा हामीले ३ कलाकारलाई गाइको बिषयमा प्रश्न सोध्यौ । गाई सधै एउटै दिशामा फर्किन्छ, कुन ? भन्ने प्रश्नमा बर्षाले उतर दिशा भनेर जवाफ दिइन् । गाई सधै ‘उतर दक्षिण’ दिशामा मात्र फर्किन्छ ।

गाइको दुधबाट बन्ने परिकार कुन कुन हो भन्ने प्रश्नमा ती कलाकारले दुध, दही, मोही, पनिर, चिज लगायतका जवाफ दिएका छन् । चलचित्र क्षेत्रमा ‘गाई’ जस्तो को लाग्छ भन्ने प्रश्नमा सुरक्षाले विपिन भनिन् । विपिनले निर्देशक दिपेन्द्र लामालाई नै ‘गाई’ जस्तो भनेर जवाफ दिदा बर्षाले पनि सुरक्षालाई नै भनिन् ।

‘ओके मस्ती टक’मा यी ३ कलाकारले निकै रमाइलो कुराकानी गरेका छन् । यसका लागि तपाइले भिडियो नै हेर्नुपर्नेछ ।

तस्वीर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment