Comments Add Comment

टीसीएल ब्रान्डका दुई टेलिभिजनकाे नयाँ मोडेल सार्वजनिक

१४ माघ, काठमाडौं । विश्वको तेस्रो ठूला टेलिभिजन ब्रान्ड र लिडिङ कन्जुमर इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले बिराटनगरमा क्षेत्रिय डिलर सम्मेलन सम्पन्न गरेको छ ।

मेचि, कोसी, सगरमाथा, जनकपुरका आफ्ना डिलरहरुको सहभागिता रहेको यस डिलर सम्मेलनमा टीसीएल्का भाबी योजना बारे जानकारी गराएको थियो । उक्त कार्यक्रममा टीसीएलका एस ६५०० र सी ६ मोडेलको लन्च पनि भएको थियो ।

यी नयाँ टेलिभिजनमा कम्पनीले ३ वर्षको वारेन्टी प्रदान गरेको छ । विश्वस्तरिय आधुनिक पिक्चर क्वालिटी र थियटर लेभल साउन्ड जस्ता विशेषता रहेको टीसीएलका टेलिभिजनहरु नेपालमा पनि लोकप्रिय छन् । टीसीएलको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्स तथा ईओएल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment