Comments Add Comment

हुवावे र चिनियाँ नागरिकविरुद्ध अमेरिकाद्वारा मुद्दा दायर

१५ माघ, काठमाडौं । अमेरिकाको न्याय विभागले चिनियाँ दूरसञ्चार कम्पनी हुवावे र यसकी प्रमुख वित्त अधिकृत मेङ वाङ्जुविरुद्ध मुद्दा दायर गरेको छ । क्यानडाले चीनका लागि आफ्ना राजदूतको बर्खास्त गरेलगत्तै अमेरिकाले विभिन्न २३ अभियोग लगाउँदै हुवावे र मेङविरुद्ध मुद्दा दायर गरेको हो ।

विश्वकै दोस्रो ठूलो स्मार्ट फोन निर्माण कम्पनी हुवावे र वाङ्जुमाथि बैंक ठगी र न्यायमा अवरोध गरेको अभियोग अमेरिकाले लगाएको छ । प्रविधि चोरीलगायत कुल २३ अभियोग अमेरिकाले लगाएको बीबीसीले जनाएको छ ।

मेङ गत महिना क्यानडाबाट पक्राउ परेकी थिइन् । इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दीको अवज्ञा गरेको आरोपमा उनलाई पक्रन अमेरिकाले आग्रह गरेपछि मेङलाई क्यानडा सरकारले नियन्त्रणमा लिएको थियो । यद्यपि, उनी त्यसको केही दिनपछि रिहा भएकी थिइन् ।

तर, अमेरिकाले अहिले विविध अभियोग लगाउँदै मुद्दा दायर गरेको छ । हुवावे र यसकी वित्त प्रमुख मेङले अमेरिकाले लगाएको आरोप इन्कार गरेका छन् । अमेरिकी आरोपमाथि कुनै सत्यता नरहेको हुवावे र मेङको दाबी छ ।

व्यापारिक विषयले अमेरिका र चीनबीच तनाव बढिरहेका बेला  विकसित नयाँ घटनाक्रमले दुईबीचको सम्बन्ध थप चिसिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment