Comments Add Comment

विराटनगर किंग्समा अभिनास र शिभकान्त अनुबन्धित

१५ माघ, काठमाडौं । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको टिम विराटनगर किंग्सले दुई विदेशी खेलाडी सार्वजनिक गरेको छ ।

विराटनगरले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दुई जना भारतीय खेलाडी अनुबन्धित गरेको हो । भारतीय प्रथम श्रेणी क्रिकेटर अभिनाश यादब र शिभकान्त शुक्लालाई विराटनगरले अनुबन्धित गरेको हो ।

दुबैले खेलाडीले रेलवेजबाट भारतको रञ्जी ट्रफी प्रतियोगिता खेलिसकेका छन् । अभिनाश यादबले देब्रे हाते स्पिनर हुन् भने शिभकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन् । ३२ वर्षीय अभिनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिइसकेका छन् ।

त्यस्तै ३३ वर्षीय शिभकान्तले ८५ प्रथम श्रेणी क्रिकेट खेलमा ४१९८ रन बनाएका छन् ।

विराटनगर किंग्सको रणनीतिक खेलाडीको रुपमा करण केसी रहेका छन् । टिमका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बास्कोटा, किशोर महतो, सुशन भारी, हरिशंकर शाह, संसाद शेख, राजेश पुलामी मगर, अर्जुन अधिकारी, अमित गुरुङ, तृतराज दास र सुवाश ऐयर रहेका छन् ।

डीपीएल यही माघ २६ गतेदेखि फाल्गुन ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment