+

जोन्टी रोड्स डीपीएलको गुडविल एम्बासडर नियुक्त

२०७५ माघ  १५ गते १८:०८ २०७५ माघ १५ गते १८:०८
जोन्टी रोड्स डीपीएलको गुडविल एम्बासडर नियुक्त

१५ माघ, काठमाडौं । विश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को गुडविल एम्बासडर नियुक्त भएका छन् ।

जोन्टी गुडविल एम्बासडर नियुक्त भएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । रोड्स डीपीएल अवधिभर धनगढी मै रहने छन् ।

दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो फिल्डिङको कारण विश्व प्रसिद्ध छन् । सन् १९९२ को एकदिवसीय विश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकको रन आउट गरेपछि उनी चर्चित भएका थिए ।

त्यति बेला एउटा पत्रिकाले ‘के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टी हो’ लेखेको प्रसंग चर्चित मानिन्छ ।

रोड्स इन्डियन प्रिमियर लिग आईपीएल टिम मुम्बई इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिङ प्रशिक्षक रहेका थिए । त्यस्तै, उनले श्रीलंका, दक्षिण अफ्रिका, केन्यालाई प्रशिक्षण गरिसकेका छन् ।

प्रतियोगिताको गुडविल एम्बासडरको रुपमा जोन्टीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्  (आईसीसी) र विश्व क्रिकेट जगतको ध्यान प्रतियोगितामा तानिने विश्वास रहेको अध्यक्ष साहीले बताएका छन् ।

प्रतियोगिता दौरान जोन्टी सीवाईसी अत्तरिया टिमको मेन्टरको रुपमा समेत रहने छन् ।

त्यस्तै सीवाईसी अत्तरियाले रायन मरुनलाई टिमको प्रशिक्षकको रुपमा समेत नियुक्त गरेको छ । मरुनले वेस्ट इन्डिज क्रिकेट टिमका पूर्व फिल्डिङ प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

डीपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय