Comments Add Comment

नेइमार १० साता मैदान बाहिर, म्यान युनाइटेडविरुद्ध नखेल्ने

१६ माघ, काठमाडौं । पेरिस सेन्ट जर्मेनका फर्वाड नेइमार १० साता मैदान बाहिर हुने भएका छन् । उनले अब च्याम्पियन्स लिगमा च्याचेष्टर युनाइटेडविरुद्धको दुबै खेल गुमाउनेछन् ।

स्ट्रासबर्गविरुद्ध पीएसजीले २–० को जित निकालेको खेलका क्रममा नेइमार घाइते भएका थिए । उनको पैतालाको हड्डी, जसलाई मेटाटसल भनिन्छ, त्यो भाँच्चिएको छ ।

अन्तिम १६ को पहिलो लेग खेल्न पीएसजी १२ फेब्रुअरीमा ओल्ड ट्राफर्ड आउनेछ भने दोस्रो लेग ६ मार्चमा हुनेछ ।

नेइमारको दायाँ खुट्टामा लागेको चोटको उपचार भइरहेको पीएसजीले जनाएको छ ।

पराम्परागत विधिबाट उपचार गरिएको र यसमा नेइमार सहमत रहेको क्लबको वक्तव्यमा उल्लेख छ । क्लबका अनुसार नेइमार मैदान फर्कन १० साता लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment