Comments Add Comment

चिकित्सा शिक्षा विधेयक टुंग्याएपछि केसीसँग वार्ता हुन्छ : शिक्षामन्त्री

१७ माघ, काठमाडौं । सरकारले राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि केसीसँग वार्ता हुने बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक दुबै सदनबाट टुंग्याइसकेपछि केसीसँग नयाँ सहमति गर्न सकिने बताए । ‘उहाँको जीवन रक्षाका लागि सरकार एकदम प्रतिवद्ध छ ।

‘उहाँको इलाममै स्वास्थ्य बिग्रियो भनेर नाइटभिजन हेलिकप्टरमा काठमाडौं ल्याएका हौं । यो विधेयकलाई संसदले टुंग्याइसकेपछि पनि नयाँ सहमति गर्ने, वार्ता गर्ने, सरकारको तर्फबाट पहलकदमी लिने, अग्रसरता लिने, संरक्षकको भूमिका निर्वाह गर्ने विश्वास दिलाउन चाहन्छु’ मन्त्री पोखरेलले भने ।

चिकित्सा शिक्षा विधेयक डा. केसी कारणले पनि सफल भएको  भन्दै उनले यसको स्वामित्व केसीले पनि लिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment