Comments Add Comment

नेपालको लगातार २ विकेट पतन, ज्ञानेन्द्र र दीपेन्द्र आउट

१७ माघ, काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाएको छ ।

छैटौं ओभरमा नेपालले लगातार दुई विकेट गुमाएको छ । पाँचौं ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल र छैटौं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरी आउट भएका हुन् । ज्ञानेन्द्र मल्लले १० बलमा सात रन बनाएर आउट भए । यसअघि प्रदीप ऐरी पहिलो बलमै आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यूएईका लागि शैमन अन्वारले उत्कृष्ट ब्याटिङ गर्दै ५९ रन बनाएका थिए । त्यस्तै, मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रन बनाए । मोहम्मद बुता भने २० रन र सुल्तान अहमद ६ रनमा अविजित रहे ।

त्यस्तै, घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट हुदा कप्तान मोहम्मद नाभिद भने एक रनमा आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान १–१ विकेट हात पारे ।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment