+
+

लाफाले बुटवलमा खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १७ गते १९:०३

१८ माघ, बुटवल । रुपन्देहीमा खेलकुद गतिविधि र सामाजिक काम गर्दै आएको लाफा समुहले माघ १९ र २० गते खुला पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पुरुष खुल्ला र पुरुष भेटान्स गरी दुई विधामा खेलाइने प्रतियोगितामा पहिलो हुने टिमले ३१ हजार १ सय ११, दोस्रोले २१ हजार १ सय ११ र सेमिफाइनलमा जाने दुई टिमले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने समूहका अध्यक्ष केशव रानाले बताए ।

यसैगरी भेटान्सतर्फ पहिलो हुनेले १५ हजार ५ सय ५५, दोस्रोले १० हजार ५ सय ५५ र सेमिफाइनलमा जाने दुई टिमले ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको खुल्लातर्फ ५५ तथा भेटान्सतर्फ ३२ टिमले भाग लिने खेल संयोजक यशपाल चौतारेले जानकारी दिए ।

प्रतियोगितामा ३ लाख ६० हजार खर्च हुुने आयोजकको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?