+
+

एयरपोर्टबाट २० हजार डलरसहित इजरायली पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १७ गते १९:३८

१७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९ हजार ७ सय अमेरिकी डलरसहित एक जना इजरायली नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इजरायली नागरिक राहदानी नं. २१७४०५३८ बहाक ३१ वर्षीय सही वेन मोहा छन् ।

कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार थाइ लायन एयरको उडान नं. एसएल २२१ मार्फत काठमाडौंबाट थाइल्याण्ड जान लागेका उनको कालो रंगको कम्मरमा भिर्ने मनी पर्समा डलर भेटिएका थियो । बिहीबारको नेपाल राष्ट्र वैंकको खरिद दरअनुसार उनको साथबाट बरामद रकम नेपाली रुपैयाँ २२ लाख ३५ हजार ९ सय ५० बराबर हो ।

एक्स रे मेसिनमा चेकजाँच गर्ने क्रममा अवैध डलर भेटिएको थियो । पक्राउ परेका इजरायली नागरिकमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको मैनालीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?