+
+

ब्रिफकेस खोस्नेहरुले संसदीय सर्वोच्चताबारे पाठ पढाउनु पर्दैन : विश्वप्रकाश

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७५ माघ १८ गते १२:३२
Photo Credit : फाइल तस्वीर

१८ माघ, पोखरा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरुलाई कम्युनिष्टले संसदको सर्वोच्चताबारे पाठ पढाउनु नपर्ने बताएका छन् ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले भने, ‘हिजो कुर्सी तोडफोड र ब्रिफकेस खोस्नेहरुले कांग्रेसलाई संसदको सर्वोच्चताबारे पाठ पढाउन आवश्यक छैन, कांग्रेस प्रजातन्त्र र संसदको सर्बोच्चताबारे आफै जानकार छ ।’

आफूहरुले बहुमतको नभई प्रधानमन्त्रीले गरेको सम्झौता पालना नभएकाले संसद अवरुद्ध गरेको उनको स्पष्टीकरण छ ।

उनले बहुमतको आडमा विवेकलाई बन्धक बनाएर चिकित्सा शिक्षा विधेयक पास गरिएको टिप्पणी समेत गरे । २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग कांग्रेसको पनि भएको बताउँदै उनले भने,‘तपाईंको मुद्धा हाम्रो पनि मुद्धा हो, हामी तपाईँको मुद्धा बोक्छौं, तपाईं अनसन तोड्नुस् ।’

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कमजोरी सच्याउन पनि आग्रह गरे । कमजोरी सच्याउन प्रचण्डबाट सिक्न सुझाव दिदै भने, ‘हिजो कटुवाल काण्डमा गरेको कमजोरी प्रचण्डले सच्याएका थिए, आज प्रधानमन्त्रीकै पार्टीको आधा अध्यक्ष प्रचण्ड कमरेड ओलीजीसँगै हुनुहुन्छ, उहाँबाट सिके हुन्छ कमजोरी सच्याउन । नत्र कांग्रेसबाट सिकेपनि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?