+
+

टिपर ब्यबसायीले बन्द गराएको कोशी राजमार्ग खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १८ गते १७:३४

१८ माघ, विराटनगर । टिपर व्यवसायीले अवरुद्ध गरेको कोशी राजमार्ग खुलेको छ । मोरङको सुन्दरहरैंचामा ७ वटा टिपरमा आगजनी गरेको विरोधमा पूर्वाञ्चल टिपर व्यवसायी संघ अवरुद्ध गरेको कोशी राजमार्ग खुलको हो ।

सुन्दर हरैचाकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोसित स्थानीयले सातवटा टिपरमाा आगजनी गरेका थिए । आगजनीको विरोधमा व्यवसायीले क्षतिपूर्ति पाउनु पर्ने, आगजनी गर्नेलाई कारवाही गर्नु पर्ने माग सहित शुक्रवार टिपर र्‍याली निकालेका थिए ।

सुन्दरहरैचाको बिराटचोकबाट निस्किएको र्‍यालीलाई विराटनगर प्रवेशद्धार ढाटमा प्रशासनले रोकेपछि ब्यवसायीले सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक खुलाउन प्रहरीले बल प्रयोग गर्ने चेतावनी दिएपछि राजमार्ग खुलेको हो ।

१२ बजेबाट सुरु भएको चक्काजाम साढे ३ बजे खुलेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले अवरुद्ध सडकको यातायात सामान्य अवस्थामा फर्किएको बताए । सडकमा तेर्स्याएका टिपर प्रशासनले क्रेनको प्रयोग गरी हटाउन खोजेपछि व्यवसायी आफैले सडक खोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?