Comments Add Comment

एसियाको महारथी जापानलाई हराउँदै कतारले उचाल्यो एसियन कप

कतारका २२ वर्षीय अलीले जिते गोल्डेन बुट

१९ माघ, काठमाडौं । एसियन कप फुटबलको उपाधि कतारले पहिलोपटक जितेको छ । युएईमा शुक्रबार भएको फाइनल खेलमा जापानलाई ३-१ ले हराउँदै कतारले एसियन कप फुटबलको उपाधि उचालेको हो ।

एसियाको महारथी जापानलाई हराउन कतारका अलमोइज अली, अब्दुल अजिज र अक्राम अफिफले गोल गरे । जापानका लागि मिनामिनोले एक गोल फर्काए ।

१२ औं मिनेटमा अलमोइजको गोलबाट कतारले अग्रता लिएको थियो । अब्दुल अजिजले २७ औं मिनेटमा अर्को एक गोल थपे र पहिलो हाफमा कतारले दोब्बर अग्रता बनायो । जापानले ६९ औँ मिनेटमा एक गोल फर्कायो । उसका लागि मिनामिनोले गोल गरे ।

८३ औं मिनेटमा कतारले पेनाल्टी पायो र त्यसलाई अक्राम अफिफले गोलमा परिणत गरेपछि कतार ३-१ विजयी बन्यो ।

२२ वर्षीय अलीले जिते गोल्डेन बुट

एसियन कपको कपको इतिहासमा एउटै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएर कतारका २२ वर्षीय अलमोइज अलीले गोल्डेन बुट जितेका छन् । उनले यस संस्करणमा ९ गोल गरे ।

उनले इरानका लेजेण्ड अली दाइले बनाएको कीर्तिमान तोडे । अली दाइले सन् १९९६ मा एसियन कपको एउटै संस्करणमा ८ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment