
१९ माघ, काठमाडौं । काठमाडौंबाट प्रकाशित आजका अधिकांश पत्रिकाहरुले सरकारले कुटनीतिज्ञहरुलाई ब्रिफिङ गरेको कुरालाई प्रमुख समाचार बनाएका छन् । कुटनीतिज्ञहरुलाई बोलाइएको ब्रिफिङ कार्यक्रममा अमेरिकी राजदूत अनुपस्थित भएको समाचारलाई कान्तिपुर, नागरिक र राजधानीलगायत दैनिकले लेखेका छन् ।
भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै सरकारको नेतृत्वकर्ता दल नेकपाका अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेपछि अमेरिका र नेपाल सम्बन्ध चिसिएको हो ।
कुटनीतिज्ञहरुलाई ब्रिफिङ गर्न सरकारले बोलाएको कार्यक्रममै अमेरिकी राजदूत अनुपस्थित भएपछि अमेरिका-नेपाल सम्बन्ध थप पेचिलो बनेको कान्तिपुरले लेखेको छ ।
शुक्रबारको ब्रिफिङमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् उपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4