+
+

मुख्यमन्त्री कार्यालयको सचिवको गाडी नेविसंघको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १९ गते १६:३४

१९ माघ, सप्तरी । सरकारी गाडी दुरुपयोग रोक्ने भन्दै अभियान चलाएको नेपाल विद्यार्थी संघार्यकर्ताले सप्तरीबाट प्रदेश २ का मुख्यमन्त्री कार्यालयका सचिवको गाडी नियन्त्रणमा लिएका छन् ।

नेवि संघ कार्यकर्ताले एक दर्जनबढी सरकारी सवारी सप्तरी सदरमुकाम राजविराजबाट नियन्त्रणमा लिएका हुन् । प्रदेश २ का मुख्यमन्त्री कार्यालयका सचिव पुष्प सापकोटा सबार ज.१झ ७३१ नम्बरको गाडीको चाबी राजविराजको गजेन्द्र चोकबाट नियन्त्रणमा लिएको नेवि संघ सप्तरीले जनाएको छ ।

गृहमन्त्रालयको बा.२झ ३८६० नम्बरको गाडीको चाबी पनि लिएका छन् । आधिकारिक ट्रेड यूनियनका केन्द्रीय अध्यक्ष सवार गाडीको चाबी नियन्त्रणमा लिएको नेवि संघका जिल्ला नेता रामचन्द्र यादवले बताए ।

यादवका अनुसार योबाहेक विदाको दिन पनि चलाइएको बा१०प १४३०, स१ब ४४४१, स१ब ७४८, स.१प ३३९, स१ब ५३६, स१ब १०६० नम्बरको सरकारी मोटरसाइकलको चाबी पनि नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?