Comments Add Comment

हारबाट जोगियो बार्सिलोना, कप्तान मेस्सीको दुई गोल

२० माघ, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियासँग बराबरी खेल्दै अंक बाँडेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बार्सिलोनालाई हारबाट कप्तान लियोनल मेस्सीले दुई गोल गर्दै बचाएका थिए । यता भ्यालेन्सियाका लागि भने केभिन गमेइरो ड्यानियल परेजोले गोल गरेका थिए ।

गोलको २४औं मिनेटमा केभिनले र ३२औं मिनेटमा ड्यानियलले गोल गर्दै बार्सिलोनाविरुद्ध भ्यालेन्सियाले २–० गोलको अग्रता बनाएको थियो । तर खेलको ३९औं मिनेटमा बार्सिलोनाका लागि कप्तान मेस्सीले गोल गर्दै २–१ गोलको स्थितिमा ल्याए ।

पहिलो हाफमा २–१ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्दै खेल बराबरीमा टुंग्याएको हो । ६४औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनाले २–२ गोलको बराबरी खेलेको हो ।

गएराति नै भएको अन्य खेलमा रियल सोसाइडेडले एट्लेटिको विल्बाओलाई २–१ गोलअन्तरले पराजित गर्दा सेभिया सेल्टा भिगोसँग १–० गोलले स्तब्ध बन्यो । त्यस्तै, लेभान्टे र गेटाफेबीचको खेल भने गोलरहित बराबरीमा टुंगिएको छ ।

लिग लिडर बार्सिलोनाको २२ खेलबाट ५० अंक भएको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २१ खेलबाट ४४ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको २१ खेलबाट ३९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment