Comments Add Comment

सात रनले चुक्यो पाकिस्तान, सिरिज दक्षिण अफ्रिकालाई

Photo Credit : आईसीसी

२१ माघ, काठमाडौं । पाकिस्तानसँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज दक्षिण अफ्रिकाले जितेको छ ।

दक्षिण अफ्रिकाले पाकिस्तानलाई अन्तिम खेलमा सात रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो । १८९ रनको ठूलो स्कोर पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८१ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि बाबर अजामले विष्फोटक ब्याटिङ गर्दै ९० रन बनाएपनि आफ्नो टिमलाई जिताउन भने सकेनन् । उनले ५८ बलमा १३ चौका र एक छक्का प्रहार गरे । पाकिस्तानका हुसेन तलतले ५५ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा १८८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान डेभिड मिल्लरले आक्रमक ब्याटिङ गर्दै ६५ रन बनाए । उनले २९ बलमा पाँच छक्का र चार चौका प्रहार गरे ।

यसअघि भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment