Comments Add Comment

पाकिस्तानी दूतावासले मनायो काश्मिर दिवस

२२ माघ, काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले मंगलबार काश्मिरी नागरिकप्रति ऐक्यवद्धता जनाउँदै दिवस मनाएको छ ।

सन् १९४७ मा काश्मिरमा भारतीय सैनिकको आक्रमणमा परी मारिएका नागरिकको सम्झनामा फेब्रुअरी ५ तारेखको दिन पारेर नेपालस्थित पाकिस्तानी दूतावास कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यामबाट समाधान गर्नुपर्ने बताए ।

उनले संयुक्त राष्ट्र संघले पारित गरेको प्रस्ताव र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिवद्धता अझै कार्यान्वयन गर्न भारत तयार नभएको भन्दै असन्तुष्टि जनाए ।

दक्षिण एशियाको शान्ति, विकास र स्थायित्वका लागि भारत–पाकिस्तानबीचको तनाव अन्त्य हुनुपर्ने राजदूत जावेदको भनाइ छ । त्यस अवसरमा राजदूत जावेदले नेपाललाई पाकिस्तानले असलभित्रको रुपमा लिएको पनि स्पष्ट पारे ।

सन् १९४७ मा भारतीय सेनाले आफ्नो नागरिकलाई आक्रमण गरी मारेको स्मरण गर्दै पाकिस्तानले फेब्रुअरी ५ लाई कालो दिवसको रुपमा मनाउने गर्दै आएको छ ।

राजदूत जावेदले काश्मिरमा आक्रमण बन्द गरेर शान्तिको पक्षमा उभिन पनि भारतलाई आग्रह गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद, पूर्वराजदूतलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment