Comments Add Comment

कुमारी बैंकको सुरक्षित भिसा क्रेडिट कार्ड

२२ माघ, काठमाडाैं । कुमारी बैंकका भिसा, क्रेडिट कार्डबाट सुरक्षित इ–कमर्स कारोबार गर्न सकिने भएको छ ।

बैंकका अनुसार थ्री– डि सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार .भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्डहोल्डरले थप सुरक्षा महसुस गर्ने छन् ।

यस अन्तर्गत कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा, इ–मेल वा एसएमएपसबा ‘वान टाइम पासर्वड’ प्राप्त गर्ने छन् । यसबाट कार्डहोल्डरको पहिचान प्रमाणीकरण हुने बैंकका भनाइ छ ।

अब कुमारीको क्रेडिट कार्डबाट कारोबार गर्दा सुरक्षित रुपमा अनलाइन शपिङ्ग लगायतका अतिरिक्त कारोबार गर्न सकिने बैकको दाबी छ ।

यसैगरी, कार्डहोल्डरहरुले छिट्टै बैंकको मोबाइल टोकन एप ‘केबिएल एम टोकन एप’ डाउनलोड गरेर पनि अनलाइन कारोबारको ‘ओटीपी’ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment