+
+

प्रदेश ५ भित्रका सिञ्चाई योजना दीर्घकालीन बनाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २२ गते २०:०६

२२,माघ बुटवल । प्रदेश ५ का सिञ्चाई आयोजनालाइ दीर्घकालीन बनाउने तयारी थालिएको छ । प्रदेश नम्बर ५ मा हाल सिक्टा र बबई गरी दुई ठूला सिञ्चाई आयोजना निर्माणधीन अवस्थामा छ ।

उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्राय अन्तर्गत जलसाधन योजना तयारी सुविधा आयोजनाले निर्माण गरेको सिञ्चाई गुरुयोजनामा दीर्घकालीन रुपमा फाइदा पुग्ने योजनाको पहिचान समेत गरिएको छ ।

जलाशयलाई सिञ्चाईका लागि तराईका जिल्लामा ल्याएर त्यसबाट सिञ्चित गर्ने उदेश्यले योजना पहिचान गरेको आयोजनाले जनाएको छ । प्रदेश ५ का तराईका जिल्ला रुपन्देही, नवपरासी, कपिलबस्तु, दाङ, बाँके र बर्दियालाई लक्षित गरेर ठूला सिचाई आयोजनाको पहिचान गरिएको छ ।

आयोजनाले तयार गरेको सिञ्चाई गुरु योजनाको मस्यौदाका बिषयमा मंगलबार बुटवलमा प्रदेशस्तरीय परामर्श गोष्ठी समेत गरेको छ । सोही गोष्ठिमा प्रदेश ५ मा पहिचान भएका बृहत सिचाई योजनाका बारेमा जानकारी गराइएको हो ।

कालिगण्डकी तिनाउ डाइभर्सन योजनालाई पनि प्राविधिकहरुको टोलीले बृहत सिञ्चाई योजनाको रुपमा पहिचान गरेको छ । कालिगण्डकी डाइभर्सनले रुपन्देही र नवलपरासीको भूमि सिचाईलाई ओगट्ने गरी योजना पहिचान गरिएको हो ।

यसैगरी राप्ती कपिलबस्तु सिञ्चाई योजना, माडी दाङ डाइभर्सन र नौमुरे राप्ती कपिलबस्तु डाइभर्सन सिञ्चाई आयोजना पहिचान भएको प्रारम्भिक प्रतिवेदन प्रदेश सरकार समक्ष आयोजनाले प्रस्तुत गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयसँग समन्य गरेर संघीय उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयले प्रदेश ५ मा सिचाई गुरुयोजनाका बारेमा जानकारी तथा सल्लाह सुझाव लिने उदेश्यले कार्यक्रम गरेको छ ।

कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले पहाड र तराईको सिचाई आयोजनालाई समेटेर सिचाई योजना अघि सार्नुपर्ने सुझाव दिए । उनले पहाडमा खोलालाई ड्याम बनाएर हिउदमा पनि सिचाई गर्न मिल्ने गरि योजना ल्याउनुपर्ने बताए ।

भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले कृषि भूमिलाई लक्षित गरेर शुरु हुने सिञ्चाई योजनालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?