Comments Add Comment

सत्य निरुपण आयोगका अध्यक्षले सदस्यलाई बुझाए राजीनामा

२३ माघ, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले राजीनामा दिएका छन् । तर, उनले राजीनामा सरकारलाई होइन, आफ्नो मातहतमा रहेका सदस्य श्रीकृष्ण सुवेदीलाई बुझाएका हुन् ।

सुवेदी तत्कालीन माओवादी कोटामा सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्य भएका थिए । त्यसैले गुरुङले उनलाई नै राजीनामा बुझाएको स्रोतको दाबी छ ।

सुवेदीले पनि आयोग अध्यक्षले राजीनामा आफूलाई दिएको र आइतबार बस्ने सचिवालय बैठकमा पेश हुने जानकारी आयोगकै सदस्यहरुलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment